Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आरम्भ चौतारीका कर्मचारीलाई कर्जा तथा शाखा व्यवस्थापन तालिम

२०८० मंसिर २४ गते

बैंकिङ खबर/आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड गण्डकी प्रदेश कार्यालयले गण्डकी प्रदेश अन्तर्गतका ३५ जना शाखामा कार्यरत शाखा प्रमुख तथा फिल्ड सहायक कर्मचारीहरुलाई कार्यक्रम सुधार गर्ने हेतुले पोखरामा भाखा नाघेको कर्जा तथा शाखा व्यावस्थापन तालिम सम्पन्न गरेको छ ।

उक्त तालिममा शाखामा काम गर्दा गुणस्तरीय प्रगती कसरी गर्न सकिन्छ भन्ने विषयमा तालिम सम्पन्न गरिएको थियो । तालिममा केन्द्रीय कार्यालयका कर्जा विभाग प्रमुख कसा लाल विश्वास र आन्तरीक लेखापरिक्षण विभाग प्रमुख कृष्ण प्रसाद खनाल प्रमुख प्रशिक्षक तथा प्रदेश प्रमुख टोप बहादुर रास्कोटी प्रशिक्षक रहेका थिए । तालिममा मुख्य गरी कर्मचारीको क्षमता अभिवृद्धिका साथै मनोवल वृद्धि गराई स्वउत्प्रेरीत भइ शाखाको काम गुणस्तरीय वनाउने उदेश्यले तालिम गरिएको थियो ।

तालिममा कर्जा जोखीमसँग सम्बन्धित विषयहरु, शाखाको वस्तुस्थिति सम्बन्धी डाटा विश्लेषण सम्बन्धी प्रशिक्षक कसालाल विश्वासले र कर्मचारीहरुका काम कर्तव्य र जिम्मेवारी, कार्यसम्पादन तथा स्वमूल्यांकन, ग्राहक छनोट प्रक्रिया तथा संरक्षण साथै संस्थाको आगामी रणनीती तथा कार्यक्रम अधिकृतहरुले शाखा अनुगमन गर्दा गर्नुपर्ने कार्यहरु सम्बन्धी प्रशिक्षण प्रशिक्षक कृष्ण प्रसाद खनाले दिएका थिए ।

उक्त तालिम समापन कार्यक्रममा सहभागीकोतर्फबाट आकृति खत्री, नमिता अधिकारी, प्रेम नारायण पाण्डे, नारायण वि.क. र कार्यक्रम अधिकृत सन्तोष रायमाझिले मन्तव्य राख्दै तालिम फलदाइ भएको तथा तालिममा सिकेका कुरा शाखा तथा फिल्डमा लागु गर्न सबैजना सहभागीलाई अनुरोध गर्दै आगामी दिनहमा यस्ता तालिमहरु गराउन माग गर्देै संस्था र प्रदेश कार्यालयलाई धन्यवाद दिएका थिए । तालिम समापन समारोहमा प्रशिक्षक कसालाल विश्वास तथा कृष्ण प्रसाद खनालले सबै सहभागीलाई सक्रियरुपमा सहभागी भएकोमा धन्यवाद दिँदै तालिममा सिकेका कुरा व्यावहारमा लागु गर्न र कुनै दुविधा भएमा सम्पर्क गर्न जानकारी दिए ।

तालिम समापन कार्यक्रमका अध्यक्ष तथा गण्डकी प्रदेश प्रमुख टोप बहादुर रास्कोटीले सहभागी सवैलाई धन्यावाद ज्ञापन गर्देै शाखाहरुलाई दिइएको लक्ष्य शतप्रतिशत पुरा गर्न र गण्डकी प्रदेलाई संस्थाको एक नम्वर उपलब्धी हासील गर्ने प्रदेशको रुपमा विकास गर्न सबै जना सक्रिय रुपमा टिम स्प्रिट बनाई कार्य गर्न निर्देशन दिएका छन् । तालिमको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश प्रमुख टोप बहादुर रास्कोटीको अध्यक्षतामा सम्पन्न भएको तथा स्वागत मन्तव्य कार्यक्रम अधिकृत शिव बहादुर कार्कीले गरेका थिए भने कार्यक्रमको संचालन कार्यक्रम अधिकृत सन्तोष रायमाझिले गरेका थिए ।

बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड, देउराली लघुवित्त वित्तीय संस्था लिमिटेड र चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज भई आरम्भ चौतारी लघुवित्तको रुपमा काम गर्दै आईरहेको छ ।

६ प्रदेश कार्यालय र १४० शाखा कार्यालय मार्फत यस लघुवित्त वित्तीय संस्थामा ९८ हजार सदस्य ४० हजार ऋणी मार्फत १ अर्व ४३ करोड बचत निक्षेप संकलन गरी ४ अर्व ६६ करोड उठाउन बाँकी कर्जा लगानी गरेको छ । संस्थाले गण्डकी र लुम्विनी प्रदेश कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई भाखा नाघेको कर्जा तथा शाखा व्यावस्थापन तालिम सम्पन्न गरेको छ ।