Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा थपिए २६ लाख ७४ हजार कित्ता सेयर, हेर्नुस्, कुनकुन कम्पनीका सेयर भए सूचिकृत ?

२०७३ कार्तिक २६ गते
सेयर:

nepse1शुक्रबार नेपाल स्टक एक्सचेन्जमा २६ लाख ७४ हजार पाँच सय २७ कित्ता सेयर सूचिकृत भएका छन् । छ लाख ४५ हजार ६५ कित्ता बोनस सेयर र २० लाख २९ हजार चार सय ६२ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएका हुन् । 

भक्तपूर फाइनान्सको एक लाख १० हजार कित्ता बोनस सेयर, बागमती डेभलपमेन्ट बैंकको ८० हजार पाँच सय कित्ता बोनस सेयर, हाम्रो विकास बैंकको एक लाख ५९ हजार पाँच सय ६५ कित्ता बोनस सेयर, कर्णाली डेभलपमेन्ट बैंकको दुई लाख कित्ता बोनस सेयर र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ९५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएका छन् ।  

त्यस्तै, बुटवल पावर कम्पनीको एक लाख ८८ हजार नौ सय ३० कित्ता हकप्रद सेयर, सानिमा बैंकको एक लाख ६८ हजार पाँच सय ३२ कित्ता हकप्रद सेयर, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १० लाख कित्ता हकप्रद सेयर र सृजना फाइनान्सको छ लाख ७२ हजार कित्ता हकप्रद सेयर पनि शुक्रबार नेप्सेमा सूचिकृत भएका छन् ।