Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
वित्तीय साक्षरता

के हो खुला बजार कारोबार ?

२०८० कार्तिक १५ गते

बैंकिङ खबर/ बैंकिङ क्षेत्रको तरलता व्यवस्थापन गर्ने उद्देश्यले सरकारी ऋणपत्र र नेपाल राष्ट्र बैंकले जारी गर्ने ऋणपत्र बोलकबोल प्रक्रियाद्वारा खरिद–बिक्री गर्ने अथवा ऋणपत्रको धितोमा वा विनाधितोमा तरलता प्रवाह र प्रशोचन गर्ने कार्यलाई खुला बजार कारोबार भनिन्छ ।

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरको अध्यक्षतामा गठित ‘खुला बजार कारोबार सञ्चालन समिति’ले खुला बजार कारोबार सञ्चालन गर्दछ । यसका अतिरिक्त बैंकको मौद्रिक व्यवस्थापन विभागले समेत खुला बजार कारोबार सञ्चालन गर्दछ ।