Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

ई–बिडिङ ह्याक प्रकरणमा थप ८ व्यवसायी पक्राउ

२०८३ आश्विन १९ गते

बैंकिङ खबर / सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय ठेक्का प्रणाली (ई–बिडिङ) ह्याक गरेको आरोपमा प्रहरीले थप आठ जना व्यवसायीलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हाई हिमालय हाइड्रो कन्स्ट्रक्सनका अध्यक्ष किरण मल्ल सहित भक्तबहादुर लामा, विष्णुमान लामा, ध्रुव खनाल, नारायणप्रसाद सितिखु, स्वदेश पोखरेल र रितुबहादुर कार्की रहेका छन् ।

प्रहरी स्रोतका अनुसार ई–बिडिङ प्रणाली ह्याक प्रकरणमा थप व्यक्तिको संलग्नता देखिएपछि अनुसन्धानलाई दोस्रो चरणमा अघि बढाइएको हो । सोही क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसअघि दुई व्यवसायी पक्राउ

ई–बिडिङ ह्याक प्रकरणमा यसअघि पनि केही व्यवसायी पक्राउ परिसकेका छन् ।कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डेलाई प्रहरीले यसअघि पक्राउ गरेको थियो । उनी धरौटीमा रिहा भइसकेका छन् ।त्यस्तै, आषिश निर्माण सेवाका प्रबन्ध निर्देशक ऋषिकेश गौली पनि पक्राउ परेका थिए । उनीसमेत धरौटीमा रिहा भएका छन् ।

अदालतबाट म्याद थपको तयारी

पक्राउ परेका आठै जना व्यवसायीलाई अनुसन्धानका लागि म्याद थप गर्न सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी प्रहरीले गरेको छ ।ई–बिडिङ प्रणालीमा भएको भनिएको साइबर आक्रमणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा प्रणालीमा अनधिकृत पहुँच तथा घटनामा संलग्न व्यक्तिहरूबारे थप तथ्य पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।