Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

हकप्रद निष्काशन गर्न नमस्ते वित्तीय संस्था र मन्जुश्री फाइनान्सले पाए अनुमति

२०७३ कार्तिक २५ गते
सेयर:

मञ्जुश्री फाइनान्स र नमस्ते वित्तीय संस्थाले हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । मञ्जुश्रीले १ सय ७५ प्रतिशत र नमस्ते वित्तीय संस्थाले शतप्रतिशत हकप्रद निष्काशनका लागि बोर्डको स्वीकृति पाएका हुन् । 

manjushree२५ करोड रुपैंया चुक्ता पूँजी रहेको मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई १४ प्रतिशत बोनस बितरणको प्रस्ताव समेत गरेको छ । हकप्रद निष्काशन तथा प्रस्तावित बोनस बितरण पश्चात फाइनान्सको चुक्ता पूँजी ७१ करोड रुपैंया नाघ्नेछ । 

namasteनमस्ते वित्तीय संस्थाको चुक्तापुँजी ३ करोड ७५ लाख रुपैंया रहेको छ । शतप्रतिशत हकप्रद सेयर निष्काशन पश्चात संस्थाको चुक्तापुँजी ७ करोड ५० लाख रुपैंया पुग्नेछ ।