स्वाबलम्बन लघुवित्त विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई आकर्षक लाभांश प्रस्ताव गरेको छ । बैंकको बुधबार बसेको २५८ औँ सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ३४ प्रतिशत बोनस सेयर र १९.६८४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधरणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
