आईएमई लिमिटेडले विजया दशमी (२०७३) मा ल्याएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक योजना अन्तर्गत सबै हप्ताका भाग्यशाली विजेताहरूलाई उपहार प्रदान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्रमुख–बजार तथा व्यापार प्रवद्र्वन ड्यानिल दास श्रेष्ठ र ब्राण्ड एम्बासडर दीपकराज गिरीले संयुतm रुपमा बिजेताहरूलाई उपहारस्वरूप चार थान युएम पावर म्याक्स स्कुटी प्रदान गरेका हुन् ।
उपाहार पाउनेमा कन्ट्रोल नं. ९०६७९०८०१७ मा मलेशियाबाट पैसा पठाउने तिलक बहादुर श्रेष्ठ, ७७७९७४२१३८७ मा कतारबाट पैसा पठाउने सुरेन्द्रप्रसाद थारु, ९०६७६४८६५६४ मा मलेसियाबाट पैसा पठाउने आङ्ग नर्बु शेर्पा र १२३९०३९४३२५ मा डेनमार्कबाट पैसा पठाउने सरोज श्रेष्ठ छन् । विजेताको सिफारिसमा लाल बहादुर श्रेष्ठ, भीम बहादुर चौधरी, भीमप्रसाद खड््का र हरि लक्ष्मी श्रेष्ठलाई क्रमशः प्रथम, दोस्रो, तेस्रो र चौथो हप्ताको लागि एक÷एक थान युएम पावर म्याक्स स्कुटी हस्तान्तरण गरिएको आईएमईले जनाएको छ ।
यस योजनाअन्तर्गत दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले छ सय चन्द्रागिरि केबलकारको टिकट समेत उपलब्ध गराईएको छ । साथै, विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्तालाई निश्चित उपहारस्वरुप विभिन्न मर्चेन्डाईजको व्यवस्था गरिएको जानकारी आईएमईले दिएको छ ।
गत असोज १ गतेदेखि ३० गतेसम्म “आईएमई हात हुँदैन खाली” योजना सञ्चालनमा ल्याइएको थियो । यस योजनामा १४९ आईएमई सेन्टर सहित ५,२०० सयभन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाका देशभरि फैलिएका विभिन्न शाखाका लाखौं सेवाग्राहीहरू सहभागी भएको आईएमईको दाबी छ ।


