
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मुल्यवृद्धिलाई ६.५ प्रतिशतमा सीमित राख्ने जनाएको छ । चालु आर्थिक बर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो लक्ष्य राखेको राष्ट्र बैंकले जनाएको हो । मौद्रिक नीतिमा भनिएको छ, ‘मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिने छ।’
अधिक मूल्यवृद्धिको जोखिम कायमै रहेकाले यदि यो लक्ष्यमा चुनौती भएमा मुद्रा परिचालनलाई सीमित पारिने नीतिमा उल्लेख गरिएको छ। त्यस्तै राष्ट्र बैंकले चालु वर्षका लागि निजी क्षेत्रमा जाने कर्जाको वृद्धिदर ११.५ प्रतिशतमा सीमित राख्ने पनि उल्लेख गरेको छ।


