
बचत गरौं आमाबुबा दिदीभाई
खोली खाता बैंकमा आजै गई
ढुक्क भई साँचौ है मीठा मीठा सपना
सुरक्षित बैंकमा हजुर मिहिनेत पसिना ।
पैसा हुँदा सबै आफ्ना, नत्र विराना,
दुःख पर्दा साथ दिने पैसा खातामा
सुखी सम्पन्न घर तपाईँ हाम्रो इच्छा
बैंकले नै गर्छ है हाम्रो धनको सुरक्षा ।
सबैलाई खाता खोल्न प्रेरित गरौं साथी,
एक एक पैसा जम्मा गर्न शुरु आजैदेखि,
सजिलै आउँछ पैसा हजुर अब खाताबाट,
नयाँ युग हजुर अब डिजिटल बैंकिङबाट ।
बचत गरौं आमाबुवा दिदीभाई
खोली खाता बैंकमा आजै गई ।
रविन्द्र राज थापा ‘सन्तोष’
हरिवन, सर्लाही
हाल: ललितपुर



