Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट पुनः २० अर्ब खिच्दै राष्ट्र बैंक

२०८० असार २६ गते

बैंकिङ खबर/ बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढेसँगै नेपाल राष्ट्र बैंकले बजारबाट पुन: २० अर्ब रुपैयाँ खिच्ने भएको छ। राष्ट्र बैंकले एक विज्ञप्ति जारी गर्दै रिभर्स रिपोमार्फत् साउन ९ गतेसम्ममा २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्ने जनाएको छ। बैंकहरुमा हाल ४ खर्ब माथि लगानी योग्य पैसा रहेको जनाइएको छ।

आर्थिक वर्षको आखिरी दिनहरुमा सरकारी खर्च बढेको र पैसा बैंकिङ प्रणालीमा आएपछि पैसाको मात्रा बढेको हो।
राष्ट्र बैंकले यही असार महिनामा ३ पटक बैंकहरुबाट पैसा तानेको थियो। लगानीयोगय पैसा बढेसँगै अन्तर बैंकदर र ट्रेजरी बिलको दर पनि घट्दै गएको छ।