Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

शिवशिखर सहकारी प्रकरणः सिआइवीले राष्ट्र बैंकबाट झिकायो ऋणको फेहरिस्त

२०८० असार २५ गते

बैंकिङ खबर/ बचतकर्ताको बचत दुरुपयोग गरी सहकारी संस्थालाई हानी नोक्सानी पुर्‍याएको आरोपमा पक्राउ गरिएका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष केदारनाथ शर्माले दिएको बयानका आधारमा सिआइवीले राष्ट्र बैंकबाट ऋणको विवरण झिकाएको छ।

शर्माले बयानकाक्रममा ६ वटा बैंकबाट करिब पाँच अर्ब ऋण लिएको बताएपछि राष्ट्र बैंकबाट विवरण झिकाइएको हो। सिआइवीको प्रारम्भिक अनुसन्धानबाट पनि ऋण लिएको खुलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानबाट हिमालयन, नेपाल एसबीआई, नबिल, प्रभु, माछापुच्छ्रे र तत्कालीन मेगा बैंकबाट गरी पाँच अर्ब बराबरको हाराहारीमा ऋण लिएको पाइएको हो।

सिआइबीसँगको बयानका क्रममा शिवशिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष केदारनाथ शर्माले बयानका क्रममा उक्त कुरा खुलाएका हुन्। सिआइवीले राष्ट्र बैंकबाट ऋणको विवरण झिकाएको छ। बचतकर्ता र बैंकको ऋणसमेत जोखिममा पारेपछि शर्मालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।

सिआइवीले धितो राखेर वा बैंकहरूले के कुन आधारमा ऋण दिएका छन् भनेर अध्ययन गरिरहेको छ। बैंकबाट प्राप्त विवरण हेरेपछि बैंकले दिएको ऋणको बिषय प्रश्ट हुने छ। शर्मासँगै शिवशिखरका सञ्चालकहरू गीता शर्मा, पुष्कर मल्ल र अमिस राजभण्डारीलाई पनि सीआईबीले पक्राउ परेका छन्। ठगी आरोपमा असार ११ गते शर्मा पक्राउ परेका थिए।

शिवशिखर बहुउद्देश्यीय सहकारीका एक लाख ६८ हजार ७२५ जना निक्षेपकर्ता सदस्यहरूले उक्त संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको १० अर्ब ७७ करोड ७६ लाख ३७ हजार रुपैयाँ फिर्ता नगरेको भनेर ब्युरोमा उजुरी दिएका थिए।

अनुसन्धानकाक्रममा शर्माले श्रीमती गीताको नाममा नौवटा कम्पनी, आफ्नो नाममा २१ वटा कम्पनी तथा शिवशिखर सहकारीले लगानी गरेका विभिन्न कम्पनीमा पनि शर्माको पनि सेयर स्वामित्व रहेको भेटिएको जनाइएको छ।