Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

इमेज सहकारी प्रकरणः ढोरपाटनका मेयरविरुद्ध १५३६ उजुरी

२०८० असार २२ गते

बैंकिङ खबर/ बागलुङ रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका मेयर देवकुमार नेपालीविरुद्ध १५३६ उजुरी परेको छर
सहकारीको रकम हिनामिना गर्दै सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ताले अहिले आफ्नो रकम फिर्ताको माग गर्दै चरणबद्ध आन्दोलन थालेका छन् ।

झन्डै दुई अर्ब हिनामिना गरेका सहकारीका अध्यक्ष नेपाली डेढ महिनादेखि सम्पर्क विहीन छन् । बचतकर्ताहरू आफ्नो निक्षेप रकम माग्दै जिल्ला प्रशासन र प्रहरी प्रशासन धाइरहेका छन् ।

गत ७ वैशाखदेखि इमेज सहकारी संस्था बन्द छ । सुरुमा तरलता अभाव भनिए पनि त्यसपछि सहकारी खुलेको छैन । जेठ पहिलो सातादेखि सहकारीका अध्यक्ष नेपाली सम्पर्कविहीन भएका हुन् । नगर प्रमुख नेपालीले गण्डकी प्रदेशको राजधानी पोखरासँगै बागलुङ, बुर्तीबाङ, गल्कोटमा गरी एक अर्ब ५४ करोड बढी रकम बचतकर्ताबाट उठाएर हिनामिना गरेको सहकारी रजिस्ट्रारको कार्यालयले गरेको अध्ययनमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार अहिलेसम्म १५ सय ३६ जनाले एक अर्ब २८ करोड ८३ लाख रुपैयाँको बिगो दाबीसहित प्रहरीको उजुरी दिएका छन् ।