Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बचत फिर्ताको माग गर्दै राँके जुलुस

२०८० असार २० गते

बैंकिङ खबर­/बागलुङमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले बचत फिर्ताको माग गर्दै राँके जुलुस प्रदर्शन गरेका छन् । संस्थाका अध्यक्ष देवकुमार नेपाली फरार भएपछि बचतकर्ताहरुले बुधबार राँके जुलुस प्रदर्शन गरेका हुन् ।

बागलुङ नगरपालिका–३, स्थित लाङ्घालीचोकबाट निस्केको राँके जुलुसलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो । राँके जुलुससहित सयौंको संख्यामा निस्केका बचतकर्ताले प्रहरीको घेरा तोड्दै संस्थाको कार्यालयमा पुगेका थिए । जुलुसमा सहभागी बचतकर्ताले सहकारीका अध्यक्ष देवकुमार नेपाली र नेपाल सरकार विरुद्ध नारा लगाएका थिए । बचतकर्ताहरुले भोली बागलुङ बजारमा शक्ति प्रदर्शन गर्ने समेत तयारी गरेको छ । अध्यक्ष नेपालीले संस्थाको १ अर्बभन्दा बढी रकक हिनामिना गरेको आरोप छ।