
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले प्रयोजन नखुलेका कर्जाहरुमा कडाई गर्दा अधिविकर्षण कर्जा धेरै प्रभावित भएको छ। यस्तो कर्जा चालु आर्थिक वर्षको १० महिनामा नै ७२ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षको अन्तिमसम्ममा बैंकहरुले ६ खर्ब १९ अर्ब रुपैयाँ अधिविकर्षण कर्जा लगानी गरेका थिए। चालु आर्थिक वर्षको बैशाखसम्ममा यस्तो कर्जा १ खर्ब ७२ अर्ब रुपैयाँमा झरेको छ।
बैंकहरुले अधिविकर्षण कर्जा लिने ग्राहकलाई आवधिक कर्जामा परिणत गर्न आग्रह गरेका थिए। यसरी धेरै कर्जा आवधिक कर्जामा परिणत भएको कारणले पनि अधिविकर्षण कर्जा घटेको छ। आवधिक कर्जा भने २१.४२ प्रतिशते बढेको छ। चालु आर्थिक वर्षमा आवधिक कर्जा १० खर्ब ४८ अर्बबाट बढेर १२ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ।


