Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

‘मोबाइल बैंकिङ र डिजिटल वालेटमा आफ्नै नामको मात्र सिमकार्ड प्रयोग गरौं’

२०८० असार १९ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्डमात्र प्रयोग गर्न भनेको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो भनेको हो। ‘बैंक तथा वित्तीय संस्थामा खाता खोली मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ वा वालेट प्रयोग गर्दा त्यसमा तपाईको मोबाइल नम्बर र फोन नम्बर प्रयोग भएको हुन्छ र त्यसमा महत्वपूर्ण विवरण जोडिएका हुन्छन । यदि कुनै कारणवश तपाईले आफ्नो मोबाइल नम्बर परिवर्तन गर्नुभयो र तपाईको पुरानो नम्बर अन्य व्याक्तिको प्रयोगमा आयो भने तपाईको खातासम्बन्धी महत्वपूर्ण विवरण अनधिकृत पहुँच पुग्नसक्नेजोखिम हुन्छ।’, राष्ट्र बैंकले भनेको छ।

जसकारण आफूले प्रयोग गरिरहेको मोबाइल हराएमा वा चोरी भएमा वा मोबाइल नम्बर परिवर्तन भएमा बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायक संस्थालाई यथाशीघ्र जानकारी गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।