Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकले खारेज गर्यो ७७ वित्तीय संस्थाको इजाजत

२०७३ कार्तिक १९ गते

nrb 1 (1)नेपाल राष्ट्र बैंकले ७७ वटा बैंक तथा वित्तीय संस्थाहरुको इजाजत खारेज गरेको छ । २०७३ भदौ मसान्तसम्ममा कुल ११८ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएपछि ७७ वटालाई खारेज गरी ४१ वटा मात्र बनाएको राष्ट्र बैंकले जनाएको छ । 

असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल संख्या एक सय ७३ रहेको छ । जसमध्ये, २८ वटा वाणिज्य बैंक, ६६ वटा विकास बैंक, ३९ वटा फाइनान्स कम्पनी र ४२ वटा माइक्रोफाइनान्स कम्पनीहरु छन् । आर्थिक वर्ष २०६९/७० सम्ममा बैंक तथा वित्तीय संस्थाहरुको कुल संख्या २ सय १४ रहेको थियो ।

वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएको मर्जररप्राप्ति नीति कार्यान्वयनमा आएसँगै मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल हुने बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ । मर्जर तथा प्राप्ति प्रक्रियामा गएर बिलय हुनेमा प्रायः विकास बैंक र फाइनान्स कम्पनी छन् । यसमध्ये पनि क्षेत्रीयस्तरका संस्थाहरु बढी छन् । 

यो अवधिमा माइक्रोफाइनान्सको संख्या भने दोब्बर वृद्धि भएको छ । राष्ट्र बैंकको पुँजीवृद्धि योजना क, ख र ग वर्गका बैंकहरुमा मात्रै लागू हुने भएका घ वर्गका बैंक अर्थात् माइक्रोफाइनान्स कम्पनीहरुको संख्यामा प्रभाव नदेखिएको हो ।