Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मौद्रिक नीतिमा राय–सुझाव दिने अन्तिम दिन

२०८० असार १० गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंक यतिबेला मौद्रिक नीति निर्माणको तयारीमा जुटेको छ । आगामी आर्थिक वर्ष २०८०–८१को मौद्रिक नीतिका लागि राष्ट्र बैंकले राय–सुझाव मागेको थियो । राष्ट्र बैंकमा राय सुझाव दिने आज अन्तिम दिन रहेको छ।

राष्ट्र बैंकले गत जेठ २२ गते सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राय–सुझाव माग गरेको थियो। सरोकारवालाले मौद्रिक नीतिका लागि आफ्ना राय–सुझाव केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागमा पठाउन सक्नेछन्।