Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकको रिपोमा मागभन्दा धेरै आवेदन

२०८० असार ८ गते

बैंकिङ खबर/ कर्जाको माग कम हुँदा बैंकहरुमा पैसा थुप्रिन थालेको छ । बैंकमा पैसा थुप्रिन थालेपछि नेपाल राष्ट्र बैंकले मौद्रिक औजार अर्थात् रिभर्स रिपो जारी गरिरहेको छ। राष्ट्र बैंकले मागेको रिपोमा माग भन्दा धेरै दाबी परेको छ ।

पछिल्लो पटक राष्ट्र बैंकले १० अर्ब रुपैयाँको रिभर्स रिपोको माग गरेकोमा २६ अर्ब ३३ करोड रुपैयाँको आवेदन परेको छ । गएको चैतमा पनि राष्ट्र बैंकले माग गरे भन्दा धेरै रकम जम्मा गर्न बैंकहरुले आवेदन दिएका थिए । अहिले बैंकहरुसँग ४० अर्ब रुपैयाँ तरलता रहेको राष्ट्र बैंकले अनुमान गरेको छ ।

तरलता बढेपछि त्यसलाई तान्न राष्ट्र बैंकले चालु आर्थिक वर्षमा दोस्रो पटक रिभर्स रिपो जारी गरेको थियो । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको १० महिना अर्थात् साउनदेखि वैशाखसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ७ दशमलव ३ प्रतिशतले बढेको छ तर निजी क्षेत्रमा प्रवाहित कर्जा ३ दशमलव ३ प्रतिशतले मात्रै बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ दशमलव ४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३ दशमलव १ प्रतिशत रहेको छ ।