
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सोमबार सरकारका लागि सात अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइ दिने भएको छ। यसबाहेक २३ अर्ब ६८ करोड रुपैयाँको पुरानो आन्तरिक ऋण नवीकरण पनि गरिदिने भएको छ।
राष्ट्र बैंकले २८ दिने अवधिको ट्रेजरीबिल मार्फत १० अर्ब नवीकरण गरिदिँदैछ। यसबाहेक ९१ दिनेमार्फत अर्ब ५३ करोड, १८२ दिनेमार्फत ३ अर्ब ३३ करोड र ३६४ दिनेमार्फत ५ अर्बको नवीकरुण गरिदिन लागेको हो।
९१ दिनेमार्फत ४ अर्ब र १८२ दिनेमार्फत ३ अर्बको नयाँ आन्तरिक ऋण पनि उठाइदिने छ। कुल ३० अर्ब ६८ करोडको ऋण उठ्ने छ।
अघिल्ल्लो पटक २८ दिनेको ६.६८ प्रतिशत, ९१ दिनेको ८.१३ प्रतिशत, १८२ दिनेको ८.०४ प्रतिशत र ३६४ दिनेको ८.१४ प्रतिशत ब्याज दर निर्धारण भएको थियो।




