
बैंकिङ खबर/कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश प्रमुख तिलक परियारले आइतबार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा भनिएको छ, ‘सहकारी संघसंस्थाको प्रभावकारी नियमन तथा सुपरीवेक्षण गरी सुशासनयुक्त सहकारी क्षेत्रको विकास गरिनेछ । उत्पादनमूलक सहकारीहरुको प्रवद्र्धनमा विशेष जोड दिइने छ ।’
