Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

२०८० जेष्ठ १८ गते

बैंकिङ खबर/सरकारले पाँच वर्षे विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले केन्द्रीय बैंकमार्फत यस्तो ऋण उठाउने भएको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार १० अर्ब रुपैयाँ बराबरको पाँच वर्षे विकास ऋणपत्र २०८५ ‘झ’ जारी गर्ने भएको छ । यसको बोलकबोल भने बिहीबार अर्थात् जेठ १८ गते ३ बजे बोलकबोल हुनेछ ।

इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले तल उल्लिखित मिति र समयभित्र बोलकबोल पेश गर्न बैंकले सार्वजनिक सूचना जारी गरेको छ । इच्छुक लगानीकर्ताले मंगलबार दिउँसो ३ बजेभित्र प्रस्तावित ब्याजदरसहित ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् ।

२०८० जेठ १९ गते जारी हुने ऋणपत्र आगामी २०८५ जेठ १९ गते परिपक्क हुने बैंकले जनाएको छ । ऋणपत्रको ब्याजदर भने बैंकले अर्धवार्षिक अर्थात् ६/६ महिनामा भुक्तानी दिनेछ ।