Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारीमा लाग्ने आयकर दर वृद्धिप्रति महासंघको ध्यानाकर्षण(विज्ञप्तिसहित)

२०८० जेष्ठ १६ गते

बैंकिङ खबर/सरकारले सहकारी संस्थाहरुमा लाग्ने आयकर दर वृद्धि गरेकोमा राष्ट्रिय सहकारी महासंघले गम्भीर आपत्ति जनाएको छ । महासंघले विज्ञप्ति जारी गर्दै सहकारी संस्थामा आयकर दर शतप्रतिशत वृद्धि गरेकोमा सरकारको ध्यानकर्षण गराएको हो ।

विज्ञप्तिमा नगरपालिका क्षेत्रभित्र संचालित सहकारीलाई १० प्रतिशत, उपमहानगरपालिका भित्रका सहकारी लागि १५ प्रतिशत र महानगरपालिकामा भित्रका सहकारीलाई २० प्रतिशत आयकर निर्धारण गरिएको प्रति आपत्ति जनाएको हो ।
नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० मा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संघ÷संस्थालाई लाग्ने आयकर दरमा शतप्रतिशत बृद्धि गरिएको उल्लेख छ ।

आर्थिक विधेयकले सहकारी ऐन २०७४ मा नै व्यवस्था नभएको विषयलाई परिवर्तन गरेर विवादास्पद दर कायम गरेकोछ, जसले न्यून र मध्यम आय भएका नागरिकलाई मारमा पार्ने प्रस्ताव भएको भन्दै भत्सना गरिएको छ । समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि राज्यको एक महत्वपूर्ण आधारशिलाका रुपमा रहेको सहकारी संघ र संस्थाका लागि आयकर दर बृद्धि गर्नु न्यायोचित नभएको महासंघको बुझाई छ ।

नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा पूर्ववत रुपमा लिर्दै आएको क्रमश पाँच, सात र दश प्रतिशत आयकरलाई नै यथावत राख्न महासंघले माग गरेको छ । साथै करको दर नसच्याए सहकारी अभियान थप संघर्षका कदम चाल्ने चेतावनी समेत दिइएको छ ।