Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

थप १० सहकारी कालोसूचीमा

२०८० जेष्ठ १२ गते

बैंकिङ खबर/जेठ महिनाको दोस्रो साता नबित्दै १० सहकारी संस्था कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रले जेठ ९ गतेसम्म १० सहकारी संस्थालाई कालोसूचीमा राखेको हो । केन्द्रले विभिन्न संघ, संस्था तथा व्यक्तिले दिएको उजुरीको आधारमा उक्त सहकारीहरूलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा पर्ने सहकारीहरुमा लालीगुराँस सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड, उपलब्धि मल्टिपपर्स को–अपरेटिभ, शान्ति सन्देस सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, पश्चिमोदय बचत तथा ऋण सहकारी संस्था र सम्बर्द्धन सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ छन् ।

त्यसैगरी, अस्ट सेभिङ एण्ड क्रेडिट अपरेटिभ, असर्फी सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, जेस्ट सेभिङ क्रेडिट को–अपरेटिभ र शिव शिखर मल्टिपपर्स को–अपरेटिभलाई पनि कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको छ ।