Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारी ठगी आरोपमा मुछिएका ढोरपाटनका मेयरलाई विदेश जान रोक

२०८० जेष्ठ ८ गते

बैंकिङ खबर/बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसहित ७ जनालाई अध्यागमन विभागले विदेश जान रोक लगाएको छ।

मेयर नेपाली संस्थापक अध्यक्ष रहेको इमेज बचत तथा सहकारीले बचतकर्ताको रकम फिर्ता नगरी ठगी गरेको पाइएपछि अध्यागमन विभागले मेयर नेपालीसहितलाई कालो सूचीमा राखेको हो।

नेपालीसहित सहकारीका अन्य पदाधिकारी फरार हुन सक्ने भन्दै उनीहरुलाई विदेश जान रोक लगाउने गरी कालोसूचीमा राखेको हो। मेयर नेपालीसँगै सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र झगबहादुर शाहीलाई विदेश जान रोक लगाइएको अध्यागमन विभागले जनाएकाे छ ।

सहकारीको करोडौं रकम हिनामिना गरी फरार भएपछि विदेश भाग्न सक्ने भन्दै यात्रा अनुमति रोकका लागि गृहमन्त्रालयले अध्यागमनलाई पत्राचार गरेको थियो। त्यसपछि अध्यागमनले उनीहरुको विदेश यात्रामा रोक लगाएको हो।