Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकिङ कसुरः फरार प्रतिवादी पक्राउ

२०८० जेष्ठ ८ गते

बैंकिङ खबर/ बैंकिङ कसुर मुद्दा फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीको हरिहरगढी गाउँपालिका–३ घर भइ काठमाडौं बस्दै आएका ५२ वर्षीय हेम कुमार श्रेष्ठ छन्।

उच्च अदालत पाटनले श्रेष्ठविरुद्ध गत वैशाख ४ गते पीडितलाई ६ लाख रुपैयाँ जरिवाना, २४ हजार रुफैयाँ क्षतिपूर्ति शुल्क र २ दिन कैद सजायको फैसला सुनाएको थियो।

अदालतको फैसलापछि फरार रहेका श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो। पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पठाइएको छ।