Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारी नियमनमा कडाइ गरिने, बचतको सुरक्षा गरिने

२०८० जेष्ठ ५ गते

बैंकिङ खबर/सरकारले बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । यतिबेला बचत सहकारीहरु आर्थिक समस्यामा छन् ।

सरकारको आगामी नीति तथा कार्यक्रममा सहकारीमा बचतकर्ताको लगान सुरक्षा गरिने, सहकारीलाई कडाइ साथ नियमन गरिने पनि उल्लेख छ । सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित गरिने पनि राष्ट्रपति पौडेलले घोषणा गरे ।