
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले चैतसम्म ५ अर्ब ७७ करोड रुपैयाँ पुनर्कर्जा लगानी गरेको छ। राष्ट्र बैंकले कोभिडकालमा एक खर्ब ४८ अर्ब रुपैयाँसम्म पुनर्कर्जा दिएको थियो। कोषभन्दा निक्कै बढी पैसा नोट छापेर वितरण गर्दा अहिले मुलुकमा संकट निम्तिएको हो। त्यही भएर राष्ट्र बैंकले पुनर्कर्जा बिस्तारै कम गर्दै कोषभन्दा निक्कै थोरै दिएको हो। पुनर्कर्जा वितरण नगर्न अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि भनेको छ।
पुनरकर्जा भनेको के हो ?
बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको सुरक्षणमा नेपाल राष्ट्र बैंकबाट निश्चित अवधिको लागि बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइने कर्जा नै पुनरकर्जा हो ।


