Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

कञ्चनपूरका छ सय किसानले गराए बाली बीमा

२०७३ कार्तिक १४ गते

insuranceजोखिम न्यूनीकरण गरी लगानी सुनिश्चित गर्नका लागि कञ्चनपुरका ६०० बढी किसानले बाली बीमा गराएका छन् । जलवायु परिवर्तनका असरले भइरहेको नोक्सानी कम गर्न, जङ्गली जनावरले पुर्याउने हानी र अन्य आकस्मिक कारणले हुने नोक्सानीको जोखिम घटाउनका लागि यहाँका किसानले बाली बीमा गराउन थालेका हुन् । 

कृषि विकास कार्यालय कञ्चनपुरका अनुसार चालु आवको हालसम्म केरा खेतीमा १२८, उखु खेतीमा ४२६, चैते धान खेतीमा ८४ र माछामा चार जना किसानले बीमा गराएका छन् । केरामा रु दुई करोड २९ लाख ९६ हजार, उखुमा रु १८ लाख ३९ हजार २००, चैतै धानमा रु २३ लाख ९९ हजार र माछामा रु ८३ लाख ६० हजार गरी कुल रु तीन करोड ५५ लाख ९७ हजार २०० बराबरको बीमा गरिएको कृषि विकास कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले बताए । 

बीमा गरिएको रकममध्ये २५ प्रतिशत कृषकले र ७५ प्रतिशत रकम सरकारले व्यहोर्ने व्यवस्था गरिएको छ । रासस