Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

घटेन ट्रेजरी विल्सको दर

२०८० बैशाख १५ गते

बैंकिङ खबर/बैंकहरुले बचतको ब्याजदर घटाएर एकल विन्दुमा झारे पनि ट्रेजरी विल्सको दर भने सो अनुपातमा घट्न सकेको छैन । वाणिज्य बैंकहरुले बैशाखबाट निक्षेपको ब्याजदर १० प्रतिशतले घटाएका छन्। ११ प्रतिशत रहेको मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.९९ प्रतिशतमा झारेका छन्।

बैंकहरुले निक्षेपको ब्याजदर उच्च दरमा घटाएको भए पनि सरकारले आन्तरिक ऋण उठाउन राष्ट्र बैंकमार्फत बिक्री गर्ने ट्रेजरी विल्सको दर भने उल्लेख्य मात्रामा घट्न सकेको छैन्।

नेपाल राष्ट्र बैंकले बैशाख १२ गते बिक्रीमा ल्याएको ट्रेजरी विल्समा २८ दिन अवधिको दर ८.५४ प्रतिशत कायम भएको छ भने ९१ दिन अवधिको टैजरी विल्सको दर ९.६१ प्रतिशत, १८२ दिन अवधिको ट्रेजरी विल्सको दर ९.६२ प्रतिशत र ३६४ दिन अवधिको ट्रेजरी विल्सको दर ९.५५ प्रतिशत कायम भएको छ।
ब्याजदर घट्नु अघि राष्ट्र बैंकले गत चैत २८ गते जारी गरेको ट्रेजरी विल्समा पनि यही हाराहारीकै दर कायम भएको थियो। सो ट्रेजरी विल्समा २८ दिन अधिको ट्रेजरी विल्सको दर ८.५४ प्रतिशत कायम भएको थियो भने ९१ दिन अवधिको ट्रेजरी विल्सको दर ९.७९ प्रतिशत, १८२ दिन अवधिको ९.७९ प्रतिशत र ३६४ दिन अवधिको टैजरी विल्सको दर ९.६४ प्रतिशत कायम भएको थियो।

बैंकहरुले चैत महिनाको तुलनामा बैशाखमा १० प्रतिशतले ब्याजदर घटाएको भए पनि ट्रेजरी विल्समा भने सो अनुसार दर घट्न सकेको छैन।