
बैंकिङ खबर/ललितपुर सातदोवाटोमा रहेको नयन बहुउद्देश्यीय सहकारीका अध्यक्ष केशव दाहाल सुसाइट नोट लेखेर वेपत्ता भएका छन् । दुई पानाको सुसाइट नोट लेखेर दाहाल मंलबार वेपत्ता भएका हुन् । उनले आफ्नो सुसाइट नोटमा सहकारी डुब्नुका कारण उल्लेख गरेका छन् ।
उक्त सहकारीले बज्र फाउण्डेशनलाई ठूलो रकम विनाधितो ऋण दिएको छ । ऋण उठ्न नसक्दा सहकारीमा समस्या आएको छ । यस सहकारीले विनाधितो धेरै रकम ऋण लगानी गरेको बुझिएको छ । नयन सहकारी केही समयअघि हेलो कञ्चनजंगासँग एकीकरण भई छ महिनापछि एकीकरण भंग भएको थियो ।






