Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बचतमा दिइने ब्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी फरक पार्न पाइदैनः राष्ट्र बैंक

२०८० बैशाख १२ गते

बैंकिङ खबर/ बचत खातामा दिइने ब्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी फरक पार्न नपाइने राष्ट्र बैंकले जनाएको छ ।  वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी गरेको सन्देशमा व्याजदर परिवर्तन गर्दा वा नयाँ ब्याजदर सोही बमोजिम समायोजन(बढ्दा सबैको बढ्ने र घट्दा सबैको घट्ने)गर्नुपर्ने व्यवस्था गरिएको जनाइएको छ। राष्ट्र बैंकले बचत खाताको ब्याजदर तथा सम्पूर्ण सर्त र सुविधाप्रति चनाखो भई पूर्ण जानकारी लिनपनि सुझाव दिए ।