Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

तुलसी सहकारीका सञ्चालकविरुद्ध जाहेरी दिन प्रहरीको अनुरोध

२०८० बैशाख ७ गते

बैंकिङ खबर/अढाई महिनादेखि कारोबार बन्द गरेर सञ्चालक बेपत्ता भएको गाईघाटस्थित ‘तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’का सञ्चालकविरुद्ध जाहेरी दिन उदयपुर प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ। बिहीबार स्थानीय सञ्चारकर्मीहरुलाई सूचना पठाउँदै सहकारीबाट ठगिएका पीडितहरूलाई प्रहरीमा जाहेरी दिन आग्रह गरेको हो।

‘त्रियुगा नगरपालिका ११ स्थित तुलसी सहकारीका सञ्चालक÷अध्यक्ष केदारनाथ शर्मालगायत सञ्चालक र कर्मचारीले रकम हिनामिना गरी सहकारी ऐन् २०७४ अनुसारको कसुर गरेको सन्दर्भमा’ प्रहरीद्वारा जारी सूचनामा भनिएको छ ‘प्रहरीमा मुद्दा दर्ता भई हाल अनुसन्धान भइरहेको हुँदा उक्त संस्थाद्वारा पीडित जाहेरी दिन बाँकी निक्षेपकर्ताहरुले जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान शाखामा सम्पर्क गर्न सूचित गरिन्छ।’ सो सम्बन्धी समाचार बनाएर सर्वसाधारणमा जानकारी गराउन पत्रकारलाई पनि प्रहरीको अनुरोध छ।

माघ तेस्रो सातादेखि अनिश्चितकालीन कारोबार रोकेको सूचना टाँसेर फरार सञ्चालक शर्मालगायत र कर्मचारीहरु अहिलेसम्म फेला परेका छैनन्। शर्मा अध्यक्ष रहेको सहकारीले २ वर्षदेखि गाईघाटस्थित हिमाली टोलमा ४ तले भवनमा सहकारीसँगै गार्डेन मार्ट डिपार्टमेन्टसमेत सञ्चालन गर्दै आएकोमा फरार भएको केही दिनमै परिवारनै भारत भासिएको खबर त्यस बेलै सार्वजनिक भएको थियो। फागुन सुरुमै भैरहवा नाका भएर भारततर्फ भागेको खबर बाहिरिएपछि मोरङको विराटनगर ८ मा रहेको सोही नामको सहकारीका निक्षेपकर्ताहरुको उजुरीका आधारमा केही पदाधिकारी भने पक्राउ परिसकेका छन्।

Ad