
बैंकिङ खबर/राष्ट्रिय सहकारी महासंघ सहकारी संस्थाहरुमा सुधारको संकेत देखिएको जनाएको छ । महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीमा लामो समयदेखि समस्या देखिएपनि पछिल्लो समय भने विस्तारै सुधारको संकेत देखिएको बताए ।
महासंघले आयोजना गरेको राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै उनले सम्मेलनमा सहकारी संस्थाका विगतहरुलाई संस्थागत गर्नका लागि चाल्नु पर्ने कदमहरु र नेपालको सहकारीको आगामी दिशाको विषयमा चर्चा हुने बताए ।
सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ । महासम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गरेका छन् । महासम्मेलनमा पूर्व अर्थमन्त्री, मन्त्रीहरू, गभर्नर, पूर्व गर्भनर, सचिवहरूसहित अन्तर्राष्ट्रिय सहकारी लगायत देशका ८०० बढी सहकारीको सहभागिता रहेको छ ।


