Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आर्थिक अवस्था झन-झन कमजोर : मौनतामा राष्ट्र बैंक

२०७९ चैत्र १७ गते

बैंकिङ खबर/ नेपालको आर्थिक अवस्था झन्–झन् कमजोर बन्दै गएको छ । अस्थिर राजनीतिक अवस्था, बढ्दो व्यापार घाटा लगायका कारण देशको आर्थिक स्थिति कमजोर बन्न पुगेको हो ।

व्यापार घाटा ९ खर्ब ५३ अर्ब

चालु आर्थिक वर्षको ८ महिना (साउनदेखि फागुन मसान्तसम्ममा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख ३० हजार रुपैयाँको आयात गर्दा जम्मा १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख ९३ हजार रुपैयाँको निर्यात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । जस अनुसार मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ बराबर पुगेको छ।

गत वर्ष यसै अवधिमा ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो। आयातमा कम भएसँगै निर्यात पनि घटेको विभागको तथ्यांकले देखाउँछ। छिमेकी राष्ट्रहरूको माग कम भएसँगै निर्यात घटेको उद्योग वाणिज्य ताथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले बताउँछन् ।

नेपालले विभिन्न वस्तु बाहिरी मुलुकबाट आयात गरेर र केही वस्तु उत्पादन गरेर निर्यात गर्ने गर्दछ। जसमध्ये चालु आर्थिक वर्षमा सर्वाधिक निर्यात हुनेमा प्रशोधित पाम तेल, चिया कफी, कपडा बुन्ने धागो, गलैँचा र फलाम रहेका छन्। यी वस्तुमध्ये प्रशोधित तेल, कपडा बुन्ने धागो, गलैँचाको निर्यात घटेको पाइएको छ भने फलाम र चिया कफीको निर्यात भने बढेको पाइएको छ।

चालु आर्थिक वर्षको ८ महिनामा नेपालले २३ अर्ब ८१ करोड ४६ लाख ६७ हजार रुपैयाँको प्रशोधित तेल निर्यात गरेको छ। सोही अवधिमा ९ अर्ब ७५ करोड ९८ लाख रुपैयाँको चिया र कफी निर्यात गरेको छ। यस्तै, ७ अर्ब ८३ करोड ५४ लाख ९७ हजार रुपैयाँको कपडा बुन्ने धागो निर्यात गरेको छ। ७ अर्ब ८५ करोड ५६ लाख ६६ हजार रुपैयाँको गलैँचा निर्यात गरेको छ। फलाम ६ अर्ब ६७ करोड ३० लाख ८७ हजार रुपैयाँको निर्यात गरेको छ।

अघिल्लो आर्थिक वर्ष (०७८–७९)को फागुन महिनामा ८० अर्ब ३८ करोड ३९ लाख ३३ हजार रुपैयाँको तेल निर्यात गरेको थियो। सोही अवधिमा ६ अर्ब ६ करोड ९३ लाख ९४ हजार रुपैयाँको चिया तथा कफी निर्यात गरेको विभागको तथ्यांकमा छ। यस्तै, ८ अर्ब ३६ करोड ४२ लाख ९८ हजार रुपैयाँको कपडा बुन्ने धागो र ६ अर्ब २२ करोड ३० लाख ३६ हजार रुपैयाँको गलैँचा निर्यात गरेको थियो। यस्तै, १ अर्ब ४६ करोड २१ लाख ७८ हजार रुपैयाँको फलाम निर्यात भएको विभागको तथ्यांकमा छ।

आर्थिक वर्ष ०७७–७८ को फागुन महिनासम्ममा २४ अर्ब १२ करोड ६४ लाख ६ हजार रुपैयाँको तेल निर्यात भएको थियो। सोही अवधिमा ८ अर्ब ५८ करोड ८७ लाख ६ हजार रुपैयाँको चिया कफी निर्यात गरेको थियो भने ५ अर्ब १० करोड २६ लाख ८३ अजार रुपैयाँको धागो निर्यात गरेको थियो। ५ अर्ब १ करोड २६ लाख ८३ हजार रुपैयाँको गलैँचा निर्यात गरेको थियो। १ अर्ब ६६ करोड १८ लाख ६९ हजार रुपैयाँको फलाम निर्यात भएको विभागको तथ्यांक छ।

यस्तै, आर्थिक वर्ष २०७६–७७ को ८ महिनामा २२ अर्ब ९४ करोड ८२ लाख ४ हजार रुपैयाँको तेल निर्यात भएको थियो। सोही अवधिमा ५ अर्ब ५६ करोड १४ लाख १९ हजार रुपैयाँको चिया कफी निर्यात भएको थियो।

५ अर्ब ९६ करोड ५७ लाख ५९ हजार रुपैयाँको कपडा बुन्ने धागो निर्यात भएको थियो। यस्तै, ५ अर्ब १३ करोड ६५ लाख १० हजार रुपैयाँको गलैँचा निर्यात भएको थियो भने २ अर्ब ३२ करोड १८ लाख ५४ हजार रुपैयाँको फलाम निर्यात गरेको थियो।

आर्थिक वर्ष २०७५–७६ को ८ महिनामा ५ अर्ब ८० करोड ४५ लाख २५ हजार रुपैयाँको तेल निर्यात भएको थियो। सोही अवधिमा ५ अर्ब १२ करोड १ लाख ३३ हजार रुपैयाँको चिया कफी, ६ अर्ब ३४ करोड २६ लाख रुपैयाँको कपडा बुन्ने धागो, ५ अर्ब ४ करोड ६८ लाख ९८ हजार रुपैयाँको गलैँचा र ४ अर्ब ९१ करोड ९२ लाख ३३ हजार रुपैयाँको फलाम निर्यात गरेको थियो।

बढ्दो मुद्रास्फिति

२०७९ माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१९ प्रतिशत र गैर– खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.३९ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशत र मरमसलाको ८.०४ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप– समूहको मूल्य सूचकाङ्क १५.५८ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.७८ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ९.०० प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशतले बढेकोछ । समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ माघ महिनामा यी क्षेत्रहरुमा क्रमशः ५.४७ प्रतिशत, ६.५० प्रतिशत, ६.७१ प्रतिशत र ५.९७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७९ माघ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९.६७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १०.३४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ३.४९ प्रतिशत, १४.०२ प्रतिशत र ५.४४ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १२.०७ प्रतिशत रहेको छ ।

शोधनान्तर स्थिति घाटामा

समीक्षा अवधिमा चालु खाता रु.२९ अर्ब ६४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.४११ अर्ब ३४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ४५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ४६ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १५.२ प्रतिशतले कमी आई रु.५ अर्ब ३५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.६ अर्ब ३१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१६ अर्ब २९ करोड रहेको थियो । द्दद्ध।समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.१३३ अर्ब २१ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२४७ अर्ब ३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको छ ।

चालु खाता रु.२९ अर्ब ६४ करोडले घाटामा

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको सात महिनामा चालु खाता रु.२९ अर्ब ६४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.४११ अर्ब ३४ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ४५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ४६ लाखले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १५.२ प्रतिशतले कमी आई रु.५ अर्ब ३५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ४ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.६ अर्ब ३१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१६ अर्ब २९ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.१३३ अर्ब २१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२४७ अर्ब ३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको छ ।

मौनतामा राष्ट्र बैंक

नेपालको अर्थतन्त्र उकास्नका लागि अर्थमन्त्रालय र राष्ट्र बैंकबीच तादाम्यता हुन आवश्यक देखिन्छ । नेपाल राष्ट्र बैंक कानूनतः स्वायत्त भए पनि अर्थमन्त्रालयसँग समन्वय गरी काम गर्ने संस्थाका रुपमा लिन सकिन्छ । तर पछिल्लो समय यी दुई संस्थाबीच तादाम्यता हुन सकेको छैन ।

समग्र मुद्रा व्यवस्थापन र बैंकिङ क्षेत्रको विषयमा अर्थ मन्त्रालयलाई विशेष सल्लाह दिने संस्थाको रूपमा राष्ट्र बैंकलाई लिने गरिन्छ । तर देशको आर्थिक अवस्था झन्–झन् कमजोर हुँदै जाँदा पनि राष्ट्र बैंक भने मौन देखिन्छ । नेपाल राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक भएकोले यसले मूलतः मुलुकको मौद्रिक प्रणालीलाई सञ्चालन र नियमन गर्दछ । यसैले केन्द्रीय बैंकलाई मौद्रिक अधिकार र नियामक संस्थाको रुपमा लिने गरिछ ।

साथै सरकारको आर्थिक गतिविधि हेर्ने काम पनि राष्ट्र बैंकले नै गर्ने गरेको छ भने मुद्रा व्यवस्थापनको काम पनि नेपाल राष्ट्र बैंकले नै गर्ने गर्दछ । सरकारले बजेट प्रस्तुत गरेपछि बजेटका नीति र कार्यक्रमलाई सार्थक बनाउन राष्ट बैकले मौद्रिक उपकरणलाई त्यसैतर्फ परिलक्षित गर्न मौद्रिक नीति ल्याउने गरिएको गर्दछ ।

अर्थतन्त्रको दिगो विकासको निमित्त मुल्य र शोधनान्तर स्थिरता कायम गर्नको लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने काम राष्ट्र बैंकको रहेको छ । त्यसैले देशको आर्थिक अवस्था सुधार्नका लागि राष्ट्र बैंकले बेलैमा कदम चाल्नुपर्ने देखिन्छ भने अन्य निकायसँग समन्वय गर्नुपर्ने देखिन्छ ।

आर्थिक अवस्था उकास्न सबै एकजुट

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी नेपालको आर्थिक अवस्था उकास्न सबै एकजुट हुनुपर्ने बताउँछन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा मुख्यसचिव बैरागीले देशको अर्थतन्त्र बलियो बनाउन सरकार र व्यवसायी मिलेर अघि बढ्नुपर्ने बताए ।