
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले चोभार सुख्खा बन्दरगाह सञ्चालन गर्न नीतिगत सहजीकरण गरेको छ । एकीकृत परिपत्र जारी गर्दै केन्द्रीय बैंकले चोभार बन्दरगाहबाट गरिने आयात एलसी बाहेकका माध्यमबाट पनि हुने व्यवस्था गरेको हो ।
अब बन्दरगाह भएर वस्तु आयात गर्दा ड्राफ्ट-टीटी, एसबीएलसी, डीएपी र डीएए जस्ता भुक्तानीका माध्यमबाट गरिने कारोबारले पनि मान्यता पाउने छ । राष्ट्र बैंकको यस्तो सहजीकरणले बन्दरगाह सञ्चालनका लागि थप सहजता मिल्ने अपेक्षा राखिएको छ ।


