Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सरकारले सहकारीका समस्या समाधान गर्न उच्चस्तरीय समिति बनाउँदै

२०७९ चैत्र ६ गते

बैंकिङ खबर/सहकारी संस्थाहरुमा देखिएको समस्या तथा विकृति समाधान गर्न उच्चस्तरीय समिति बनाइने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने क्रममा संसदमा यस्तो जानकारी गराएका हुन् । नगद अभावका कारण कतिपय सहकारीले हाल बचतकर्तालाई रकम फिर्ता दिन सकेका छैनन् ।

दाहालले लघुवित्त क्षेत्रमा नियामकीय सुधारका लागि नेपाल राष्ट्र बैंकले चाल्ने आवश्यक कदममा सरकारले सहयोग गर्ने पनि बताए । मुलुकमा तरलताको स्थितिसँगै ब्याजदरमा क्रमिक रुपमा सुधार भइरहेको दाहालको दाबी छ ।

‘गत आर्थिक वर्षमा झण्डै ३ खर्ब बराबरको शोधनान्तर घाटा र पुँजीगत खर्चमा न्यूनताले वित्तीय प्रणालीमा तरलता अभाव, उच्च ब्याजदर र कर्जा अभावजस्ता समस्या जन्माए’ दाहालले भने ‘अब शोधनान्तर सकारात्मक भएसँगै तरलता र ब्याजदरमा पनि क्रमिक सुधार हुँदैछ ।’
अहिले विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटन आगमनजस्ता क्षेत्रमा सुधार भइरहेकाले वाहृय क्षेत्र सन्तुलनमा आएको उनले बताए 

काम सम्पन्न भएर पनि निर्माण व्यवसायीले समयमै भुक्तानी नपाउने विषयलाई सरकारले गम्भीर रुपमा लिएको दाहालले बताए । सरकारी खर्चमा मितव्ययिता कायम गर्न अनावश्यक खर्च कटौती तथा प्राथमिकताप्राप्त क्षेत्रमा स्रोतको कमी हुन नदिनेगरी बजेटको काम सुरु भइसकेको उनको भनाइ छ । ‘खर्च नियन्त्रणका लागि अत्यावश्यकबाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीहरूलाई विदेश भ्रमणमा रोक लगाइएको छ’ उनले भने ।