Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

दुई लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकले दियो सहमति

२०७९ चैत्र ३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले दुई लघुवित्त वित्तीय संस्थालाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ । केन्द्रीय बैंकले सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थालाई एक आपसमा गाभ्न गाभिन स्वीकृति दिएको छ ।

नयाँ सारथी संस्थाका अनुसार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ७० को बैंकब तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली २०७३ बमोजिम एक आपसमा गाभ्ने गाभिनका लागि सैद्धान्तिक सहमति दिएको जनाएको छ ।