Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

विवाह वर्षगाँठको अवसरमा जीवन बीमा पोलिसी उपहार

२०७९ चैत्र १ गते

बैंकिङ खबर/विराटनगरका यसोधा पोखरेल भट्टराई र उज्ज्वल भट्टराईको १२ औं वैवाहिक वर्ष गाँठमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी उपहार दिइएको छ ।

वैवाहिक बर्ष गाँठको अवसर पारेर श्रीमान् उज्ज्वल भट्टराईले आफ्नी श्रीमती यसोधा पोखरेल भट्टराईलाई रु. ३० लाख बीमाङ्क रकमको सो जीवन बीमा योजना प्रदान गर्नुभएको हो ।

जीवन बीमा हस्तान्तरण कार्यक्रममा प्रभु लाइफका तर्फबाट प्रदेश प्रमुख पुष्कर भट्टराई, शाखा प्रमुख प्रशान्त पाण्डे लगायतको उपस्थिति रहेको थियो । श्रीमती यसोधा पोखरेल भट्टराई प्रभु लाइफको एजेन्सी म्यानेजर समेत रहनुभएको छ ।