Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

ग्लोबल मनी विक मनाउन बैंक-वित्तीय संस्थालाई राष्ट्र बैंकको आग्रह

२०७९ फाल्गुन २५ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई यही चैत ६ गतेदेखि चैत १२ गतेसम्म ग्लोबल मनी विक (जीएमडब्ल्यू)–२०२३ मनाउन आह्वान गरेको छ। राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी यस्तो आह्वान गरेको छ।

ग्लोलब मनी विक मनाउँदा युवा लक्षित वित्तीय साक्षरतासम्बन्धी विशेष कार्यक्रमहरु आयोजना गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

ती कार्यक्रमहरु सम्पन्न गरी फोटोसहितको विवरण राष्ट्र बैंकको वित्तीय साक्षरता इकाइको ई–मेलमा उपलब्ध गराउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ।