२०७९ फाल्गुन २२ गते

दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चितिमा गिरावट

बैंकिङ खबर/ दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चितिमा गिरावट आएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । बैंक अफ कोरियाका अनुसार फेबु्रअरीको अन्त्यमा विदेशी मुद्रा सञ्चिति ४२५.२९ अर्ब अमेरिकी डलर रहेको छ जुन अघिल्लो महिनाको तुलनामा ४.६८ अर्ब डलरले कम हो । यो सँगै बलियो डलरले गैर–डलर सम्पत्तिहरूको रूपान्तरण मूल्य घटाएको छ।
देशको विदेशी सञ्चितिमा ३७४ अर्ब ४९ करोड डलर धितोपत्र, २६ अर्ब ७५ करोड निक्षेप, १४ अर्ब ८० करोड डलर विशेष निकासी अधिकार, ४ अर्ब ७९ करोड डलर सुन र ४ अर्ब ४४ करोड डलर आईएमएफ (अन्तर्राष्ट्रिय मुद्रा कोष) रहेको छ ।