Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

परिपत्रबमोजिम लाभांश प्रस्ताव गर्न राष्ट्र बैंकद्वारा लघुवित्तहरुलाई निर्देशन

२०७९ फाल्गुन २१ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले गत फागुन १० गते जारी परिपत्रबमोजिम हुने गरी मात्रै लाभांश प्रस्ताव गर्न लघुवित्त वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।

लघुवित्त संस्थाहरुले वार्षिक साधारणसभा प्रयोजनार्थ वित्तीय विवरण प्रकाशन गर्न राष्ट्र बैंकसँग सहमति माग्दा उक्त परिपत्रबमोजिम हुने गरी मात्र लाभांश प्रस्तावसहितको वित्तीय विवरण पेस गर्न लघुवित्त संस्थाहरुलाई निर्देशन दिइएको छ।

गत फागुन १० गते राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै लघुवित्त संस्थाहरुको लाभांश वितरणमा कडाइ गरेको छ। संशोधित व्यवस्थाअनुसार अब लघुवित्तहरुले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ।