Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकद्वारा नोटको ब्रिकेट बिक्रीका लागि दरभाउ प्रस्ताव

२०७९ फाल्गुन ३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले नोट धुल्याएर बनेका ब्रिकेट तथा स्रेडेड टुक्राहरु बिक्रीका लागि दरभाउ प्रस्ताव आह्वान गरेको छ। बैंकको मुद्रा व्यवस्थापन विभागले विभागसँगै उपत्यका बाहिरका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज तथा धनगढीमा रहेका राष्ट्र बैंकका कार्यालयहरुमा चलनचल्तीका अयोग्य नोटहरु धुल्याएर बनेका ब्रिकेट तथा स्रेडेड टुक्राहरु बिक्री गर्न दरभाउ प्रस्ताव आह्वान गरेको हो ।

वार्षिक रुपमा अयोग्य नोट धुल्याएर प्राप्त भएका २.७५ लाख केजीको परिणाममा यी ब्रिकेट तथा स्रेडेड टुक्राहरु बिक्री गर्नु पर्ने राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ ।

प्रकाशित सूचनामा उल्लेख भएअनुसार ब्रिकेट तथा स्रेडेड टुक्रा खरिदका लागि सम्भावित खरिदकर्ताहरुबाट दरभाउ प्रस्तावका आधारमा मूल्य प्रतिस्पर्धा गरि बिक्री गर्ने निर्णय भएको जनाएको छ ।