Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकर रवीना देशराजले गरिन् इन्गेजमेन्ट

२०७९ फाल्गुन ३ गते

बैंकिङ खबर/ सेलेब्रेटी बैंकरको रूपमा परिचित रवीना देशराज श्रेष्ठले इन्गेजमेन्ट गरेकी छन्। प्रणय दिवसको अवसरमा उनले द्वारिका होटलमा प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन्। उनले इन्स्टाग्राममार्फत यसबारे जानकारी दिएका छन्।
प्रेमीसँगको तस्बिर सेयर गर्दै उनले लेखेकी छन्, ‘मैले धेरै प्रतीक्षा गरेको उनको प्रस्तावलाई स्वीकार गरेँ।’

स्टुआर्टले पनि ’उनले हुन्छ भनिन्’ भन्दै इन्स्टाग्राममा तस्बिर सार्वजनिक गरेका छन्। अभिनेत्री तथा रवीनाकी बुहारी प्रियंका कार्कीले पनि इन्गेजमेन्टका केही तस्बिर सेयर गर्दै बधाई दिएकी छन्।

केही समयअघि रवीना र स्टुआर्टले आफूहरू प्रेम सम्बन्धमा रहेको कुरा सार्वजनिक गरेका थिए। स्टुआर्ट बेलायती नागरिक हुन्। रवीनाले केहि समय अघि मेगा बैंकबाट राजीनामा दिएकी थिइन् । उनी बैंककी कायममुकायम कार्यकारी अधिकृत थिइन्।