Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी (पूर्णपाठ)

२०७९ फाल्गुन ३ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन २०७९ जारी गरेको छ । यसअघि जारी भएका विभिन्न परिपत्र–निर्देशनलाई समावेश गरेर परिमार्जन सहितको एकीकृत निर्देशन जारी गरेको छ ।

यसमा एकीकृत निर्देशन, २०७८ र सो पश्चात २०७९ माघ मसान्तसम्म जारी भएका परिपत्र तथा निर्देशन समेतलाई समावेश गरिएको छ । यसमा परिपत्र तथा निर्देशनमा भएको नयाँ व्यवस्था समावेश गरिएको छ ।

इजाजतपत्रप्राप्त संस्थाले ऋणीको कर्जा तिर्न सक्ने क्षमता, भावी नगद प्रवाह, आम्दानीको स्रोत जस्ता कर्जा प्रवाहका न्यूनतम आधारहरुको विश्लेषण पश्चात कर्जा सदुपयोगको सुनिश्चितता हुने गरी मात्र कर्जा प्रवाह-नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।