
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले खराब कर्जा ५ प्रतिशत भन्दा बढी भएका बैंक तथा वित्तीय संस्थालाई शाखा कार्यालय खोल्न दिने भएको छ । बिहीबार सार्वजनिक एकिकृत निर्देशनमा शाखा कार्यालय खोल्न खराब कर्जा ५ प्रतिशत भन्दा कम हुनु पर्ने व्यवस्था हटाइएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बैंक तथा वित्तीय संस्थाले वित्तीय अवस्थाको बास्तबिक रिपोर्टिङ गरुन भन्ने उद्देश्यले शाखा कार्यालय खोल्न खराब कर्जा ५ प्रतिशत भन्दा कम हुनु पर्ने व्यवस्था संशोधन गरिएको बताए ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा वाणिज्य बैंकहरुको खराब कर्जा ११२.३१ प्रतिशतले बढेको छ । चालु आवको दोस्रो त्रैमासको वित्तीय अवस्था प्रकाशित गरेका २० बाणिज्य बैंक मध्ये १९ वटा बैंकको खराब कर्जा उल्लेख्य मात्रामा बढेको छ ।


