Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

भारतीय बजेटः नेपाललाई दिने अनुदान घट्यो

२०७९ माघ १८ गते

बैंकिङ खबर/ भारतले नेपाललाई उपलब्ध गराउने वार्षिक अनुदान घटाएको छ। भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बुधबार पेश गरेको भारतको युनियन सरकारको २०२३-२०२४ को बजेटमा नेपाललाई ५ अर्ब ५० करोड भारु अनुदान शीर्षकमा विनियोजन गरेकी हुन्।

गत वर्ष भारु सात अर्ब ५० करोड (१२ अर्ब रुपैयाँ) अनुदान छुट्याइएको थियो। त्यसमा ४ अर्ब २५ करोड भारु भारतले नेपाललाई भुक्तानी गरिसकेको छ।
सन् २०२१–२२ को बजेटमा भारतले नेपाललाई नौ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) अनुदान छुट्याएको थियो।

Ad