Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

ट्रेजरी विल्सको दर एकल अंकमा

२०७९ माघ ९ गते

बैंकिङ खबर/सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने ९१ दिन अवधिको ट्रेजरी विल्सको दर एकल अंकमा झरेको छ।नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको ९१ दिन अवधिको ट्रेजरी विल्सको दर ९.८१ प्रतिशतमा झरेको हो ।

यसअघि गत माघ ३ गते जारी गरेको ९१ दिन अवधिको ट्रेजरी विल्सको दर १०.५८ प्रतिशत थियो। तरलता सहज हुँदौ जाँदा ट्रेजरी विल्सको दर पनि लगातार घट्दै गएको देखिन्छ।

पछिल्लो केहि समयदेखि नै ट्रेजरीको दर निरन्तर रुपमा घट्दै गएको छ। करिब साढे ११ प्रतिशतसम्म पुगेको २८ दिन अवधिको ट्रेजरी विल्सको दर अहिले घटेर ७.९३ प्रतिशतमा झरेको छ। यसले अल्पकालीन ब्याजदरहरु विस्तारै घट्न थालेको देखाउँछ।