Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सूर्यज्योति लाइफको अध्यक्षमा केशवप्रसाद भट्टराई नियुक्त

२०७९ पुष १० गते

बैंकिङ खबर/सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी आपसमा गाभिएर बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा केशवप्रसाद भट्टराई नियुक्त भएका छन्। सञ्चालक समितिको बैठकबाट कम्पनीको अध्यक्षमा भट्टराईलाई नियुक्त गर्ने सर्वसम्मत निर्णय भएको हो। यो निर्णयसँगै सोही दिन नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष भट्टराईले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

सोही दिन अपराह्न बसेको सञ्चालक समितिको ३३४ औँ बैठकमा अध्यक्ष भट्टराईले सञ्चालकहरु नन्दकिशोर शर्मा, हेमन्त नाहटा, विवेक झा, जयन्तकुमार अग्रवाल एवं प्रिया तायललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्। कम्पनीको सञ्चालक समितिको सल्लाहकारमा आकाश गोल्छा नियुक्त भएका छन्।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार गत पुस ७ गतेबाट सुरु भइसकेको छ । वीरगञ्ज उद्योग वाणिज्य संघमा आइतबार पत्रकार सम्मेलन गर्दै उद्योगी व्यवसायीले परिस्थिति कठिन बन्दै गइरहेको प्रति गम्भीर हुन आग्रह गरेका छन् । ‘अर्थतन्त्रको परिसूचक ओरालो लागिरहेको छ, उद्योग व्यपार पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन,’ वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले भने, ‘कोभिड–१९ ले थिलथिलो पारेको समग्र अर्थतन्त्रलाई उकास्न राज्यले तत्कालै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा त्यसो गर्न सकेन ।’ अझैपनि उद्योगी व्यवसायीको आग्रहलाई बेवास्ता गरेर समस्याको संवेदनशीलता नबुझे मुलुकले नराम्रो मूल्य चुकाउनुपर्ने अध्यक्ष गुप्ताले बताए ।

विषम परिस्थितिमा सरकार र नेपाल राष्ट्र बैंकले निजी क्षेत्रलाई आर्थिक सहुलियत, सेवा सुविधा, विभिन्न क्षेत्रमा छुटको स्किम दिएर पुनरुत्थान गर्नुपर्नेमा उल्टै ‘चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९’ लागु गरेर झन जटिलता र अन्यौलता थपिदिएको गुनासो उनीहरुको छ ।