Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

‘बीमाको पहुँच विस्तारका लागि संयुक्त पहल आवश्यक’

२०७३ आश्विन ३० गते

bancassuranceबीमा समितिका अध्यक्ष प्राडा फत्तबहादुर केसीले गाउँका दुरदराजसम्म बीमाको पहुंच पुर्याउन बैंक, बीमा कम्पनी, राष्ट्र बैंक र बीमा समिति संयुक्त रुपमा अघि बढ्नुपर्ने बताएका छन् । बीमाको पहुँचबाट ग्रामीण भेगका जनता टाढा रहेको भन्दै डा. केसीले बीमाको पहुँच विस्तारका लागि संयुक्त पहल आवश्यक रहेको बताएका हुन् । एनएलजी ईन्स्योरेन्स कम्पनीले शुक्रवार आयोजना गरेको बैकान्सुरेन्स सम्वन्धी कार्यशालामा उनले युरोप र एसियाका केही देशमा सफल भएको बैंकान्सुरेन्स नेपालमा भने गति लिन नसकेको धारणा राखे । 

एनएलजी ईन्स्योरेन्स कम्पनीका अध्यक्ष कुशप्रसाद मल्लीले बैंकान्सुरेन्सलाई अघि बढाउन कम्पनीले कार्यशाला गरेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत  विजयबहादुर शाहले बित्तिय उद्योगका सबै पक्षहरुले प्रगति गर्दा मात्रै देशलाई योगदान पुग्ने ठानेर बैंकान्सुरेन्स अघि बढाउन चाहेको बताए । ईन्स्योरेन्सका बारेमा धेरै जानकारी नभएका कारण गत साल आएको विनाशकारी भूकम्पले धेरैको घरबास उठीबास भएको बताउँदै देशका विभिन्न क्षेत्रहरुमा जनचेतना जगाउने कार्यक्रम आयोजना गर्ने बताए ।

दुई दिनसम्म चलेको कार्यशालामा पचास भन्दा बढी कर्मचारी सहभागी थिए ।