Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

दैनिक तरलता सुविधा सम्बन्धी नयाँ कार्यविधिमा यस्ता छन् नयाँ व्यवस्था ?

२०७९ मंसिर १९ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधा सम्बन्धी कार्यविधि संशोधन गरेको छ । उक्त संशोधन गरेको कार्यविधि पुस १ गतेदेखि लागू हुनेछ । नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरुले कार्यविधिमा उल्लेख भएका सुविधा उपयोग गर्दा लाग्ने नियमित ब्याज र शुल्क बाहेक त्यस्तो सुविधा तोकिएको समयमा फिर्ता गर्न नसकेमा लाग्ने हर्जना सुरुको २ महिनाको लागि नलिने राष्ट्र बैंकले जनाएको छ ।

नयाँ व्यवस्था अनुसार संस्थाले उपयोग गरेको सुविधा रकम सोही दिन राफसाफ हुन नसकेमा प्रचलित बैंकदरमा ओभरनाइट तरलता सुविधाका रुपमा उपलब्ध गराइनेछ । यस्तो सुविधा चालु कार्यदिनको आरटिजिएसभित्र राफसाफ गरिसक्नुपर्नेछ ।

संस्थाले चालु कार्यदिनको आरटिजिएसभित्र धितो व्यवस्थापन खाता पूर्णसीमामा ल्याउन नसकेमा धितो व्यवस्थापन खाताको कुल सीमाबाट अघिल्लो कार्यदिन उपयोग भएको ओभरनाइट सुविधा कट्टा गरी बाँकी हुन आएको रकमसम्ममा बैंकदरमा र सोभन्दा बढी तर धितो व्यवस्थापन खाताको सीमासम्मको ओभरनाइट सुविधामा बैंक दरमा एक प्रतिशत थप गरी अतिरिक्त ब्याज लगाइनेछ ।

हेर्नुहोस् पूर्णपाठ